सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, June 15, 2016

अनिल खत्री गुल्मी, ९ माघ । गुल्मीको हाडहाडे गाविसमा सौतेनी आमाले दुई बालको हत्या गरेकी छन् । गत माघ ५ गते राती करेण्ट लागेर मृत्यु भएको भनिएका ति बालकहरुको सौतेनी आमाले हत्या गरेको खुलेको हो । प्रहरी नावय उपरीक्षक रबिन्द्र रेग्मीका अनुसार अनुसन्धानका क्रममा हाडहाडे–९ ढिकीचौरकी २५ बर्षिय शान्ता पुनले सात बर्षीय बालक विबेक पुन र पाँच बर्षीय बालक बिक्रम पुनको हत्या गरेको देखिएको छ ।

कसरी गरिन् हत्या ?

उनले प्रहरीमा आफूले सौतेला छोराहरुलाई योजनाबद्ध तरिकाले हत्या गरेको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेको पत्रकार सम्मेलनमा पुनले आफ्नी जेठी सौताका छोराहरु ७ वर्षीय बिबेक पुनको बेलुका विष सेवन गराई हत्या गरेको र ५ वर्षीय बिक्रम पुनको विहान मुख थुनेर हत्या गरेको स्विकारेकी छिन् । सम्पूर्ण पत्रकारका सामू उनले यस्तो बयान दिएपछि चकित पारिदिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

हत्या अभियोगी पुनले बयानमा आफ्ना श्रीमान गत १० महिनादेखी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेको, जेठीसौताका छोराहरुले जताततै पसलहरुमा उधारो माग्दै खाँदै हिँडेको, उनीहरुले खाएको ऋण तिर्न गाह्रो भएको, आफूले लुकाएर राखेको ५ सय रुपैयाँ चोरेर लगेको र चाउचाउ किनेर खाएको रिसमा आफूले तिन महिना अघि उनीहरुलाई मार्ने योजना बनाएकोमा अहिले हत्या गरेको बताएको डीएसपी रेग्मीले बताए ।

उनले ३ महिनाअघि लिएर आएको मुसा मार्ने विषादी खानासँगै खुवाएर बिकेकको हत्या गरेपछि रातभरि आफूलाई छटपटी भएको र बिहान उठेर फेरी बिक्रमको मुख थुनेर हत्या गरेको पनि बताएकी छन् । उनले बयानको क्रममा दुबैको हत्यापछि दुबैको पालैपालो लास उठाई घरको पश्चिम खाली जमिनमा राखेको र मिटरको एमसिबिको तार फुस्काई करेन्ट लागेर मरेको वहाना बनाउन तार उनीहरुको शरिरमा छुवाईदिएको बताइन् । त्यसपश्चात छोराहरु करेन्ट लागेर मरेको भन्दै रोईकराई गरेको र छिमेकीहरुले थाहा पाएपछि उनीहरुले नै प्रहरीलाई खबर गरेको उनले बयान दिएकी छन् ।

डीएसपी रेग्मीका अनुसार अभियुक्त पुन बिरुद्ध ज्यान मुद्धा दायर गरिएको छ । बालकका बाबु रोजगारीको शिलशिलामा भारतमा रहेको बेला बालककी आमा ३ वर्षअघि परपुरुषसँग पोइल गएकी थिईन । त्यसपश्चात भारतमा काम गर्ने आफ्नो साहुको सहयोगमा साउदी अरब पुगेका बाबु गतसाल विदामा नेपाल फर्किदा छोराछोरीको रेखदेखको लागि भनेर कान्छी श्रीमती शान्ता पुनलाई घर भित्र्याएका थिए ।

अत्यन्तै दुखद खबर : दुई छोरा मार्ने यी सौतेनी आमाको बयानः एउटालाई विष खुवाएर मारें, अर्काको मुख थुने

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...