केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नम्वर खुल्न नसकेको सवारी साधनले किच्दा काठमाडौँ महानगरपालिका–९ सिनामंगल र गैरीगाँउको बीचमा रहेको टोयटा मोटर्स नजिक सडक खण्डमा नाम, थर वतन नखुलेकी अंदाजी ४५ बर्षीया महिलाको मृत्यु भएको हो ।
विहिबार विहान ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि निजामती अस्पताल मिनभवन लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सिल्भर कलरको सवारी साधनको बम्परको टुक्रा समेत फेला परेको थियो । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
-
