फेसबुकमा नंग्न तस्बिर अपलोड तथा ‘ब्लु फिल्म खेल्छु’ भन्ने अभिव्यक्ति दिएर चर्चा बटुलेकी अर्चना अभिनीत पहिलो फिल्म छेस्को २१ जेठमा रिलिज भयो ।
Archana-6esko
मल्टिप्लेक्समा त यसले प्रवेश नै पाएन तर सिंगल थिएटरमा अरू नेपाली फिल्म प्रतिस्पर्धी थिएनन् । र पनि, सुरुकै दिनबाट अर्चनाको जवानी हेर्ने दर्शकको खडेरी लाग्यो ।
जबकि, दुई बालकको कथा भनिएको कालो पोथीले मल्टिप्लेक्समा झन्डै एक करोड रुपियाँको व्यापार गर्यो । आशा गरौँ, छेस्कोको हविगतले अर्चनाको त आँखा खुल्यो नै, त्यसभन्दा बढी उनलाई खेलाउन मरिहत्ते गर्ने निर्माता/निर्देशकको घैँटोमा पनि घाम लागेको हुनुपर्छ ।
