तर, यस पटक ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा अंक उल्लेख हुनेछैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख हुनेछ । कूल जिपीए पनि उल्लेख हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो, ‘विद्यार्थीले पाएको अंक हाम्रो लेजरमात्र हुन्छ, उनीहरुले पाउने मार्कसिटमा हुनेछैन ।’
तर, विद्यार्थीले कुनै पनि विषयमा पाएको ग्रेड चित्त नबुझे रि-टोटलिङ (पुनर्योग) गर्न सक्नेछन् । साथै डी प्लस भन्दा कम ग्रेड आएको दुईवटा विषयमा पुनः परीक्षासमेत दिनसक्नेछन् ।
यस्तो हुन्छ मार्कसिट
