सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 16, 2016

२ असार, काठमाडौं । देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ । तर धेरैलाई थाहा छैन, नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ ।

परिआएको बेला राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तीले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्य लिएर २०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको हो । तालिम दिन गठन गरिएको सेनाको विभाग हो, राष्ट्रिय सेवा दल । यसले हरेक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिन्छ । हाल उपरथी डा. रमिन्द्र क्षेत्रीले राष्ट्रिय सेवा दलको नेतृत्व गरिरहेका छन् ।

स्थापनाकालमा राष्ट्रिय सेवा दलले प्रमाणपत्र तह अध्ययन गरिरहेका विद्यार्थीलाई सिनियर डिभिजन तालिम दिने गर्दथ्यो । त्यसको सात वर्षपछि सिनियर डिभिजन स्थगित गरेर ७ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिन थालियो गरियो । तर, ७० सालबाट फेरी उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि सिनियर डिभिजन तालिम सुरु भएको छ ।

यस्तो छ मापदण्ड

Rastriya-Sewa-Dal,-Nepal-Army-1

सिनियर डिभिजनमा तालिम लिन चाहनेहरुले प्लस टु पढिरहेको र उमेर कम्तिमा १६ वर्ष पुगेको हुनु पर्छ । केटाको उचाई कम्तिमा पाँच फिट र केटीको ४ फिट १० इन्च हुनु पर्ने प्रावधान छ ।

जुनियर डिभिजनका लागि माध्यमिक तहमा अध्ययनरत १४ वर्ष उमेर पुगेको हुनुपर्छ । केटाको उचाई कम्तिमा ५ फिट र केटीको ४ फिट १० इन्च हुनु पर्छ ।

यसरी हुन्छ छनोट

सुरुमा सेनाको स्थानीय इकाइले सम्बन्धित जिल्लाहरुमा तालिम दिन सकिने विद्यालयहरुको आन्तरिक रुपमा सर्भेक्षण गर्छन् । त्यसपछि सैनिक अधिकारीहरु छनोटमा परेका विद्यालयमा जान्छन् र विद्यालयका व्यवस्थापन, अविभावक र विद्यार्थी सबैलाई राखेर तालिमको बारेमा जानकारी गराउँछन् ।

त्यसपछि विद्यालय, अभिभावक र विद्यार्थी स्वयमले इच्छा देखाएमा तालिम दिइने राष्ट्रिय सेवादलका प्रमुख उपरथी क्षेत्री बताउँछन् ।

यस्तो हुन्छ तालिम

सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी तालिम दिने गरेको उपरथी क्षेत्रीको भनाई छ ।

Nepal Army Ratriya Sewa Dal Training (2)

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।

७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।
Rastriya-Sewa-Dal,-Nepal-Army
एक जनालाई ३० हजार लगानी

पछिल्लो दुई वर्षमा मात्रै ४ हजार जनाले राष्ट्रिय सेवादलको तालिम लिइसकेका छन् । आगामी दुई वर्षमा प्रत्येक वर्ष ७ हजार ५ सय जना युवालाई तालिम दिने योजना भएको उपरथी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार करिब ६ महिनाको तालिमपछि  पास गराउँदासम्म एक जनालाई ३० हजार लगानी हुन्छ ।

‘यो तालिमले युवाहरुलाई अनुशासित मात्रै बनाउँदैन, राष्ट्रप्रति समर्पित पनि बनाउँछ,’ क्षेत्रीले भने । यस्ता युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा पनि योगदान दिनसक्ने उनको भनाई छ ।

२२ हजार जनशक्ति उत्पादन गरिसकेको राष्ट्रिय सेवादलले आगामी साउनदेखि ६६ जिल्लामा तालिम सञ्चालन गर्ने छ ।

२०७३ असार २ गते १३:३० मा प्रकाशित

यो हो स्कुले विद्यार्थीलाई दिइने सैन्य तालिम

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...