deuba-prachand-and-kp-oli
केही समयअघि सरकार परिवर्तन गर्नुपर्छ भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नीजि निवास लाजिम्पाटमा भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अधयक्ष विजयी गच्छदारबीच भएको छलफलमा आगामी चुनावसम्म यही सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको हो ।
सत्तापक्षीय शीर्ष नेताहरुबीच भएको छलफलमा संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्दै २०७४ मंसिरमा प्रतिनीधि तथा राष्ट्रिय सभाको चुनाव गर्नेे निर्णय भएको हो । जसलाई मनत्रीपरिषद्को बैठकले पारित गरेको थियो ।
दलहरुबीच भएको सहमतिका आधारमा मन्त्रीपरिषद् बैठकले ०७३ साउनसम्म भाषा आयोग ऐन, स्थानीय तहको निर्बाचन र प्रशासनसम्बन्धि ऐन जारी गर्ने, प्रदेशको सीमाकंनका लागी संघिय आयोग गठन गर्ने, भदौमा भाषा आयोग र उच्च अदालत गठन गर्ने, असोजमा संवैधानिक निकायहरुको कानुन जारी गर्ने र काक्तिकमा निर्बाचन क्षेत्र निर्धारण आयोग गठन तथा नयाँ संवैधानिक निकायहरु गठन गर्ने निर्णय गरेको हो ।
साथै ०७४ जेठमा प्रदेश र ०७४ मंसिरमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्बाचन गर्ने, पुसमा राष्ट्रपतिरउपराष्ट्रपति निर्बाचनसम्बन्धि कानुन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनसम्बन्धी कानुन, संघीय संसद, प्रदेश सभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रिय सभा सदस्यको निर्बाचन सम्बन्धी कानुन जारी गर्ने, फागुन÷चैत्रमा नयाँ संसदले राष्ट्रपतिरउपराष्ट्रपतिको निर्बाचन गर्ने लगायतका निर्णय तथा कार्ययोजना बनाएको छ ।
पछिल्लो समय देखिएको सत्तापक्षीय दलहरुको साझेदारीले ओली सरकार उनले चाहे जत्तिकै समयसम्म टिक्ने पक्का भएको छ । यसलाई ओलीका लागि काम गरेर देखाउने अवसरको रुपमा समेत हेरिएको छ ।
