फिल्ममा गरेको अभिनय, उनले बालेका डाइलग मन पराउने दर्शकहरु त्यतिबेला दङ्ग गरे जतिबेला करिश्माले उद्घोषणको क्रममा पटक–पटक गल्ती गरिन् ।
यस विषयले सामाजिक संजालमा मज्जेको स्थान पाएपछि अमेरिकामा बस्ने उनकी छोरी कबिताले थाहा नपाउने कुरै भएन । आफ्नी आमाको बारेमा सामाजिक संजालमा नानथरी लेखेको देखेपछि कबिताले सोधिन्, ‘मम्मी के भयो, तिमीले त बेइज्जत गर्यौ रे त ?’
आफ्नी छोरीले आफूलाई फोन गर्दै सो कुरा सोधेको प्रशंग उठाउँदै सामाजिक संजाल फेसबुकमा एक स्ट्याटसमार्फत करिश्माले आफूले दिएको जवाफ समेत पोस्ट गरेकी छन् ।
छोरीले त्यसो सोध्दा उनले भनेकी रहिछन्, ‘छोरी मैले तिमीलाई जन्म दिएँ तर म चाही फेरि जन्मदै छु
