सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, June 15, 2016

म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला”
एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन बर्ष अघि | र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, संगीत र गायन कौशलले मलाई जकड़ीहाले | मेरो आँखामा आकाश र धरतीको मिलनभुमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सुर्य डुब्दै थियो – यो सिद्ध गर्न मानौ त्यो मिलनरेखा एक महाशुन्य हो |
अम्बरको फ्यान म त्यसरी बने |
पछी, भूपी शेरचनका माध्यमद्वारा उसंग मेरो परिचय भयो | भूपिले एक दिन एक नया गीत सुनायो, जो उसको रचना थियो , अम्बरको संगीत थियो र थियो अरुणाको स्वर ….
“किन ………मेरो
किन ………अन्त
बसन्त !
बाल्जमा बाँधिएको धुनले गीतलाई राम्रो मोड दिएका थिए | म मुग्ध भएँ | मेरो आँखामा झरेका, सुकेका पातहरु हावामा गोलो फन्को मारी बाल्ज्को लामो फन्को मारिरहेका देखिए |
“यो मान्छे कस्तो छ” भनी ? मैले सोधेको थिए, भाबाबेसमा |
सोझो र स्पस्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जो सुकै लाई पनि भूपी जस्तो ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि | एकछिन उ अल्मलियो अनि भन्यो – उ मान्छे शायद होइन, उ मित्र हो र जसको लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि गायक होइन उ जन्मेको पनि छैन |”
भूपि जिन्दाबाद ! अम्बरको यति छरितो शब्द रेखा यस भन्दा मिठो बन्न सक्दैन | यो कुरा आज बर्षौं पछी म अनुभब गरिरहेछु, उ संग अनेक आत्मीयताको सागर पार गरेपछि |
त्यसबेला म भूपिको व्याख्याको मर्ममा अल्मलिरहे | उसले मेरो अतृप्त जिज्ञासा पैलायो शायद, भनेको थियो, अम्बर काठमाण्डौ आउदा भेट्टाई दिउँला |
अम्बर काठमाण्डौ आउनु अघि अनेक घटना भए | अगमगिरिको नौलाख तारा उदायो | यसले उसलाई अधिराज्यमा जनप्रियता ल्यायो | र गीत गल्लीगल्लीमा अनेक स्वर अनेक धुनमा गाइयो | उसले अरु पनि अनेक रचना गर्यो, उ झन् प्रिय बन्यो |
अनि उ काठमाण्डौ आयो | अम्बरको व्यस्ततालाई निचोरनाचार पारेर पनि भूपीले दुइ घण्टा उसलाई मेरो घरमा ल्याईहाल्यो |
उसको अनुहार पनि देखें | पक्का गुरुङ अनुहार छ | गोर्खा आर्मीमा गएर युनीफर्म लाएमा खसी भेंडाको हुलमा मिल्ला जस्तो | भूपी जस्तै पुड्को, उस्तै ठुलो टाउको, उस्तै हँसिलो | जीउ भने स्यानो, अनुहार भने गहकिलो | बोल्दा उसको स्वरमा जुन नरमपना छ, गाउदा त्यसमा त्यतिकै ठोसपना |
गीत उसले त्यहाँ गाएन | त्यसकारण म स्वर जत्तिकै प्रभावित अनुहारबाट भईन | उ गइहाल्यो |
शायद अब बाटोमा देख्यो भने उसले चिन्ला नचिन्ला को जानोस |
अनि म दार्जिलिंग गएँ | त्यहाँ धेरै परिचित छन – सब कहाँ आफ्नो आगमनको स्वरूप भेट्न गएँ | उसकहाँ पनि गएँ | उ कतै टुरमा गएको रहेछ | खबर छाडी राखें |
एक या दुइ दिन त्यसै भेटघाट चिनापर्चीमा बित्छ तर अम्बर छैन | अकस्मात एक साँझ ग्लेनारिमा आईपुग्छ | मलाई खोज्दै | झ्वास्स मैले पो चिन्न सकिन, उ मलाई ठम्याईहाल्यो | अनि त्यहीं साँझ प्रोग्राम बन्छ | उसलाई अनुमति बिना गाउन मनाही छ | हामी अगमको आयोजनामा ५-६ जना जम्छौ |
झ्याल ढोका लाएर उ उदांगीन्छ, स्वरमा सरस, अर्थात रसयुक्त बैठकमा हामि मग्न हुन्छौ | त्यहाँ पहिलोपल्ट “पहाड सुक्यो जस्तो लाग्छ” ले मलाई छोप्छ | त्यसबेला यो उसले भर्खर रचेको मात्र थियो |
अनि हाम्रो ३-४ दिन साँझ बित्छ | परिचय भने गाढा हुन्छ तर मित्रतामा परिणत हुदैन | भूपिको भाषामा भन्ने हो भने गायकबाट बढी उ मेरो दृष्टिमा कलाकार बनिसक्यो – अझ नाघिसक्यो तर मित्र भने बनेको छैन….उसका सम्बन्धमा जान्न म ईच्छुक छुं अब | धेरै स्रोतबाट अनेक कुराको जानकारी हुन्छ | उसको आर्थिक अबश्था देखि लिएर उसका रोमान्सहरु, उसका सफलता देखि लिएर उसका बन्धनहरू | अनि उसका लेखक दृष्टिमा पर्छन | एक स्वादिलो बहाब छ, एक स्पष्टता छ, अनाबश्यक्तता छैन | मन पर्छ तर मन मात्र पराउछुं, अभिव्यक्त गर्ने साधन छैन मेरो – म संग उसको पत्र ब्यबहार आरम्भ भएको छैन | हामि दुबैको प्रकाशित लेखद्वारा हामि दुवै एकअर्का लाई सम्झन्छौ, त्यति मात्र हो | मानौ हामि दुवै अव्यक्त प्रेमलाई चन्द्रमा ताकेर चिसाईरहेछौ | मुगल-कालिन प्रेमको पराकाष्ठा जस्तो |
कति बर्ष बित्छ थाहा छैन ….
उसको काठमाण्डौ आउने चर्चा चल्छ | “रुपरेखा” का सम्पादक उत्तम बाट म यो समाचार सुन्छु | यो पनि सुन्छु अम्बर आफ्नो बर्तमान सरकारी सेवाबाट अवकाश लिदैछ | र शायद काठमाण्डौमा केहि काल बिश्राम गरोस | उसका लागि म आफ्नो घर अर्पण गर्दछु जति बसे पनि | म मान्छे मतलबी छु, उसंगको सहवास द्वारा उसको आत्मियता अपनाउने मेरो लोभ छ | उत्तमले मेरो निमन्त्रणा पाउछ |
काठमाण्डौका कार्यक्रमबीच सरकारी पाहुनाको रुपमा उ होटेलमा बस्छ | अनि आउछ उ घरमा आतिथ्यको समाप्ति पछी |
तिनताक म, फेरी आफ्नो जीवनको एक अनौठो र अप्रकाशित मोडमा छुं | साहित्यको भुत टाउकोमा चढेको छ | उपन्यास थालेको छु, प्राचिन पस्चात्य साहित्यको अनुबाद थालेको छुं | दुइको बिचमा कथा कहानी निबन्ध लेख्छु सुनाउन | र मलाई मान्छे मन पर्दैन, मनपर्छ एकान्त | यस्तो अबश्थामा उ घरमा आईपुग्छ |
दिनभर उ अरुका लागि, रात मेरो लागि हामि गिलास समातेर बस्छौ, साहित्यको चर्चा गर्छौं, वा उ संगीतको चर्चा गर्छौं, वा हामि रेकर्ड सुन्छौं | बिथोबिनको सोनाटाहरु, सिम्फोनिहरु, दाइलन टमसका कविताहरु, मेरियान मुरका कविताहरु |  हामि सुन्छौ र एक संसारको सिर्जना गर्दै जान्छौ |
तिनताक एकदिन म भन्छु – अम्बर, नेपालीमा मेजर वर्क किन नगर्ने ?
उसको पनि त्यता मन गैसकेको रहेछ | उ सहमत हुन्छ | कान्टेता तथा सिम्फोनिको सिर्जना सम्बन्धि चर्चामा एक रात दुइ बजेको पत्तै पाउदैनौ | अन्त्यमा हामी तिन बिषय-बस्तु छान्छौ | देबकोटा, हिमाल तथा कान्टेतामा रक्स्यापन |
उ भन्छ – तीनैवटा तपाई लेख्नुस म संगीत दिन्छु | म स्वागत गर्छु | भोलिपल्ट बिहान रक्स्यापन माथि मेरो योजना तयार हुन्छ | चार प्रमुख बिभाजन म गर्छु |
१. खानु अघि ! २. खाउँ कि ? ३. खाएको ! ४. लागेको !
यसलाई पनि प्रत्येक बिभाजन लाई ४ अंशमा छुट्याउछुं | भोलिपल्ट बिहान हामी यसुपर फेरी चर्चा गर्छौं | हामी भाबाबेसमा बग्छौँ | आत्मीयतामा डुब्छौं | तापनि, मित्रता अपनाउन असमर्थ हुन्छौं | शायद अम्बरलाई कसीमा घोटीरहेछु |
हामी दुबैलाई थाहा छ प्रत्येक मान्छेको एक वा अनेक मकुण्डो हुन्छ | हामी दुवै मुकुण्डो भित्रको अनुहार जाच्ने प्रयत्नमा छौं | उ भन्दा बढी शायद म, कारण म अगुल्टोले पोलेको बिरालो हुँ |
अन्तिम रात हामी बढी भाबाबेसमा हुन्छौ | म अम्बरलाई टेप गर्न तयार छुं | उ पनि आफ्नो शक्तिको चरम सीमामा छ | भन्छ जे भन्नुस म गाउछु |
काठमाण्डौको बत्ति साह्रै टेम्परामेन्टल छ | कुठाउँमा मुड पकडीदिन्छ | पछी टेप यसो सुन्यो, अम्बर पो मात्तिएको भान हुने | ८-१० गीत सकस्त संग भर्यौं | अनि टेप बन्द गरेर कान खोल्यौं | एकप्रकारले त्यो रात जीबनमा अविस्मरणीय रहनेछ | एकप्रकारले भन्नुको अर्थ हो, पछी अर्को रात पनि आयो |
प्रायश: गायकको कमजोरी हुन्छ, स्केलको | अम्बर त्यो रात स्केलका परिधि भन्दा बाहिर थियो | जीबनमा त्यस्तो निर्बन्ध गायक देखेको वा सुनेको मेरो पहिलो अनुभब थियो |
प्रतिभा त्यहाँ निर झल्क्यो | म मित्रताको छेउछाउ तिर पुगें | अनि उ जान्छ, फर्कन्छ कालिम्पोंग | यसपछि हामी प्रेमपत्र प्रारम्भ गर्छौं |
उ काठमाण्डौ आवासको लागि धन्यबाद ज्ञापन गरेर मलाई लेख्छ | म सहबासको लागि धन्यबाद पठाउछु | तर ….. अब बेला आयो उसको अलिकति मुल्यांकन गर्ने | अम्बर असलमा हो के ? पख, अझै बेला भएको छैन | अझै बुझुं अम्बरलाई |
उसको काठमाण्डौ आबासमा मैले उसलाई दुइ नबिन गीत दिएँ | उसले मन परायो | लिएर गयो, संगीतबद्ध गर्न | पछी एक गीत अर्को पठाएँ | त्यो झन् मन परायो | आफ्नो रचना कसैले मन पराइदियो भने रचनाकार खुट्टा चमौलाजस्तो गर्छ |
उसमाथि अम्बर जस्ताले रचना सुनेर आँखा डबडबाई दिंदा, म के गरूँ हँ ? उसको म्वाई खाएँ |
मित्रताको पहिलो खुड्किलो थियो त्यो | कति मतलबी म हँ ?
यसपछि कामबिशेषले मलाई भारत जानु पर्यो | कलकत्ताबाट मैले उसलाई तार गरें, कस्तो छ तिम्रो मुड र फुर्सत भनेर उसले जवाफ दियो – कालिम्पोंग सिन्डिकेटमा स्वागत गर्छु | प्रतिष्ठाको कति भोको म रहेछु भन्ने त्यहाँ चाल पाएँ | सिन्डिकेटको अर्थ मैले ठुलो समारोह तथा स्वागतको अर्थ मैले माला गुनें | असजिलो रुपमा त्यस भिषण अबश्थाको सामना गर्न म कालिम्पोंग ओर्ले | जसलाई यी शब्दहरुको अर्थ थाहा छ यो ठट्टा उनैमा समर्पित |
कालिम्पोंगको सिन्डिकेट | ६.३० बजे पुग्छु | कालिम्पोंग म झन्डै १४ बर्ष पछी गैरहेछु | कताकता एक-दुइ मोड चिनेको जस्तो लाग्छ | अन्यथा नौलो छु | म आएकै प्लेनमा दिलिप कुमार पनि थियो | त्यसकारण बैगन ड्राइभर तथा अन्य यात्रीको चर्चाको बिषय झन्डै बाटो भरी त्यहि नै रह्यो | बीचमा ड्राइभर संग आत्मियता बढाएर मैले एक बचन लिएँ – केहि गरि मोटर स्ट्यान्डमा लिन कोहि आएन छ भने उसले मलाई पुर्याइदिनेछ अम्बरको घर सम्म | उ मन्जुर भयो |
तर अम्बर तथा श्रीमती गुरुङ पर्खिरहेछन त्यस जाडोमा |
घर पुगें | तोंग्बाले न्यानो स्वागत गर्यो | कुमार भाई ( ईन्द्र कुमार गजमेर) पनि आईपुगे | अनी हाम्रो लामो सेसन चल्यो |
अम्बर भन्थ्यो – उसलाई हार्ट एटक भए पछी घांटी खुलेको त्यो प्रथम दिन थियो | र, दम कमजोर नै थिए |  उ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो | तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्साउन |
त्यस रात उसले मैले रचेको एक गीत सुनायो | मैले पटक्क रुचाईन तथा ठाडै भनिहाले | उसले चित्त दुखायो, शायद मुखमा ठाडै सुन्ने दुस्साहस उसले अझै भोगेको थिएन | म मान्छे असलमा मुर्ख हुँ | कहिलेकाहीं यस्तो ब्लंट भईदिन्छु, त्यसको पाराकाष्ठ हुदैन | तापनि, त्यस दिन मलाई लागेको थियो अम्बर शब्द र रचना भन्दा बढी संगीतको धुनलाई प्राथमिकता दिन्छ | धुनका सन्मानमा उ शब्दलाई भाचिदिन्छ | असलमा शब्द ठोस सोलिड हुन्छन र संगीतले तिनको व्यक्तित्व सल्लक्कै निल्न सक्नु पर्छ – टुक्राएर होइन | टुक्राएपछी शब्द आत्माहिन हुन्छन र संगीत बिधवा बन्छे | गीतलाई एकप्रकारले हामी रसभरी संग दाज्न सक्छौं | रसभरीको चोक्टा बनाएर खानु, रस चुहाउनु मिष्ठान्नसेविको अज्ञानताको बोधक हो | शब्दको हत्या गरे बापत म रन्थनिए |
अम्बरको रचनामा दोषको एक बाहुल्य यहि हो | उ सबभन्दा बढी संगीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कबि, त्यसपछि गायक | उसका रचनामा पनि यहि मर्यादा-क्रम हुन्छ | त्यसैले मुड चाहिं उ पकडीहाल्छ | तर कहिलेकाहीं सरलताले उसलाई परित्याग गर्छन | एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मुड सिर्जना गर्ने देन दार्जिलिंग तथा कालिम्पोंगकै बढी छ | काठमाण्डौमा नातिकाजी र अन्य झल्याकझुलुक देखा पर्ने एकदुई व्यक्ति बाहेक हाम्रो संगीतमा नयामोड दिने काम प्रबासी भाई ले नै गरे |
म संग चर्चा हुँदा काठमाण्डौका संगीत-प्रेमीहरु भन्छन दार्जिलिंगका गीतमा रबिन्द्र संगीतको प्रतिध्वनी आउछ, खासगरी अम्बरका रचनामा | आंसिक रुपमा यो सत्य पनि हो कारण बाताबरण र शिक्षाको प्रभाब पर्यो होला | उसमा प्रारम्भिक कालमा तर त्यो यदि भाब पकडीने शैली तिखारिने एक साधन मात्र एक खुड्किलो मात्र भएको छ भने त्यसले हाम्रो संगीतलाई एक अर्कै बिश्व दृष्टिगोचर गर्नेछ | र शायद त्यो प्रक्रिया प्रारम्भ पनि भैसक्यो |
फरमेंटेसनको त्यस कालबाट अम्बर अब पार पनि भैसक्यो ……. हामी दार्जिलिंगमा छौं | होटलमा | दुइ जना मात्र | एकप्रकारले एकान्तबास | हामी संग आबश्यकिय बाजाहरु कोठामै छन् | कुमार भाई आउछन | अम्बर गाउछ | हामी आफैमा मस्त छौं | त्यसपछिको दार्जिलिंग यात्रामा मेरो एक अनौठो अनुभब रह्यो | अनेक मित्र छन् त्यहाँ तर ति राजनीतिका सामु मित्रतालाई समेत नतमस्तक पारी दिन्छन | सानो ठाउँ भएर होला सबले सबको दैनिकी गतिविधिको पूर्ण जानकारीमा चासो राख्ने गरेको | एकार्कोको राजनीति कठ्बार वारिपारी बसेर पनि जोर्नी र कापबाट चियो गर्ने गरेको | राजनीतिलाई ब्यबसाय मात्र मनिदियेर मित्रता एबं साहित्यिक बन्धुत्वलाई अलग्ग राख्न मेरा साथीहरु सफल भए भने त्यो ठाउँ साह्रै रमाइलो स्वर्गमय हुने थियो |
यिनै कारणले हामी कसै कहाँ भेट्न गएनौ, र सकभर कोठामा नै तिन दिन बितायौं | र ति तिन दिन मेरा लागि अविस्मरणीय रहनेछन | अम्बर संग मेरा आत्मसात त्यहीं भयो | एकदिन हामी रोयौं, अर्को दिन हामी नाच्यौं |
फायर प्लेसमा आगो बलिरहेछ | साईड टेबलमा रमको गिलासमा ज्वालाका प्रतिबिम्ब सल्बलाई रहेछन | मधुरो उज्यालोमा हामी दुइ जना आफ्ना जीवनका बिगतको लेखा जोखा गरिरहेछौं | हामी के पो कुरा गर्दैनौ, सफलता, प्रेम, घृणा, साहित्य, रुची, बिबाह, पत्नी, पुत्र, पैसा …..जति कुरा गर्यो उत्तिकै बिबिधता छ दुइको जीबनमा, तर पनि दृष्टिकोणमा क्या समानता | अनुभबहरुको माध्यम, समय र स्थान अलग छन्, तथापि बेदनाको तापक्रम उही | जंगलको दुइ किनारबाट मानौ भित्र पसेर, बाटो बिराई बिराई अकस्मात भेट भएका दुइ बटुवा हौँ हामी | र संक्षेपमा कुरा गर्ने हो भने हाम्रो बार्ता यसप्रकारको थियो –
“अम्बर, तिमीले सिमलको बोट देख्यौ हगी, लटरम्म फुल फुलेको ?” देखेको छुं ”
सानै हुरीमा बैसको सपना सिमलको फुल झैं झरी गयो | तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो | “वाह ! मलाई आँखा तरी गयो | साँची नै आँखा तरी गयो | “सानै हुरीमा …अँ .. झरी गयो …. अँ …आँखा तरी गयो   | ठिक, ठिक. ठिक |
त, चोट उही हुनु पर्दैन, व्यक्ति उही हुनु पर्दैन, तापनि जुन सुकै ठाउँमा चोट लागे पनि बगेको रगतको रंग र दर्द र त्यसको मिठो सम्झना उही हुन्छ | कलाकारको घाउको टाटो मष्तिस्कमा हुन्छ, र उ चाहिएको बेला पाप्रो उप्काई त्यसको अनुभूति बाट प्रेरणा पाउछ |
सायद यहि थियो हाम्रो मिलन-स्थल |
त्यहाँ मैले जाने, ज्यादै मन मिले पछी सर्ट हेन्डमा कुरा गर्न सकिदो रहेछ | र नया अनुभबहरु अनुहार नहेरेर पनि टेलिप्याथी बाट व्यक्त गर्ने क्षमता उम्री आउदोरहेछ | यस परिश्थितिमा पुगे पछी जीवनको मुल्य अर्कै हुन् जान्छ | यस्तो अनुभब हुन्छ – मानौ शब्द, बाक्य, भाषा, साहित्य, यी सब अपूर्ण मानवका आफुलाई व्यक्त गर्ने एक क्रूड साधन हुन् | देवताहरु के आपसमा कुरा गर्दा भाषाबाट गर्दा हुन् ? यति कम बार्ता शब्दका मध्यम द्वारा भयो, मानौ हामी बीच झगडा भैसक्यो |
म हिड्दा उसले मोटरको ढोका निर ग्वाम्म अंगालो मार्यो, बस | न हामीले हात मिलायौं न गुड विसेज छर्यों, न फर्किएर नै हेर्यौं | मैले कमसेकम हेरिन | कारण मलाई थाहा थियो उ कस्तो अनुहार लाएर, के सोचेर कसरि बिशेष ढंगबाट पाईला चाल्दै थियो | अनि मलाई विश्वास छ उसले पनि मोटर तिर फर्केर हेरेंन | कारण उ जान्दथ्यो, म कसरि चुरोट सल्काएर के कुरा सोचेर विन्ड-सिल्ड पारी बगिरहेको दृश्यमा चिप्लेर पनि नाचिप्लने प्रयास गरिरहेको थिएँ |
“नाईल नदीमा सिजर बिदा भैसक्यो – उसको नाउ तरंगीत भैसक्यो | क्लियोपेत्राले निश्चय पनि, त्यो दृश्य हेरिन -”  ईतिहास सांक्षी छ यी त्यस बेलाका राजकबीका उद्गार हुन् |
अनि हाम्रो भेट भएको छैन ….|
एकप्रकारले आबश्यकता पनि छैन | कारण उ अब अग्निपरीक्षामा पसिसकेकोछ | हालसालै उसको आमाको मृत्यु भयो | र जस्ले क्यान्सरको पिडाबाट आमा बाबु मरेको देखेको छ, उसलाई थाहा हुनेछ, छोरा यदि कालाकार भयो भने त्यसले के अनुभब गर्नेछ |
सूचना पाएपछी मैले उसलाई यस्तो एक चिट्ठी पठाएँ |
प्रिय अम्बर,
यो चिट्ठी मैले अघि नै पठाउनु पर्ने हो तथापी आज पठाईरहेछु | मलाई थाहा छ गत महिना जुन रुपमा तिमीले बिताउनु पर्यो त्यो साह्रै कष्टप्रद थियो | मेरो पनि पिताको मृत्यु क्यान्सर बाट भएको हो | मेरी आमालाई परित्याग गर्ने पितालाई मैले जीबनमा धेरै पछी मात्र माया गर्न थालें | र, साच्चैं माया त उनलाई क्यान्सरले छोएपछि मात्र उम्र्यो मेरो मनमा | ३ बर्ष उनलाई रोगले सतायो | र, जीवनको अन्तिम तिन महिना मैले बिताएँ | आफ्नै हातले ख्वाएर सेवासुश्रुषा गरेर | र उनले प्रण पनि मेरै काखमा छोडे | त्यस तिन महिनामा मैले बुझेको छु क्यान्सर कत्तिको कष्टप्रद हुदोरहेछ | त्यसकारण, तिम्रो चिट्ठी पाएर आमाको खबर पढ्नासाथ एकक्षणभित्र मैले त्यो अनुभब फेरी दोहोर्याएँ | लागेको थियो, तिमीलाई सान्त्वनाका केहो शब्द लेखुं | तर लेखिन |
त्यसको कारण छ | जुन पिरियड तिम्रो सामु थियो, जुन बेदना, जुन कष्ट र जुन नैराश्यले तिमीलाई घेरेका थिए तिनको अनुभब म सयकडौ माईल टाढा बसेर पनि पाईरहेको थिएँ | र, प्रत्येक क्षण म सोचिरहेथें – यो तिम्रो आत्मालाई खार्ने र तिम्रो सिर्जना शक्तिलाई तिखार्ने एक अबश्यम्भाबी प्रक्रिया हो | यसमा जति मान्छे एक्लिन्छ उ त्यतिनै क्रियटिभ हुन्छ | तिमीले भनेको सम्झे फेरी मनमा अनेक भाबना आईरहेछन तिनलाई मुर्तरुप दिनु छ | लाग्यो मलाई, तिमि यस अग्निपरीक्षाबाट पार भएपछी, तिमीमा एक अर्कै प्रतिभा व्याप्त हुनेछ | एक परिपक्वता, एक बेदनामय सिर्जनब्यथा | यसैको सिम्बोल बाँकी तिम्रो लामो जीबन अघि बढी नै रहनेछ | तत्कालिन ब्यथा त एक गुज्रने फेज मात्र हो यति सम्झे |
पिता र माता कसैको बचिरहदैनन, न तिमि बाच्छौ न म बाच्छु | तर पनि कता कता ति सबै हामीभित्र हाम्रा सन्तान भित्र एक क्रममा बाँचिरहन्छन | तिनको मृत्युको विभीषिकाका माध्यमद्वारा यदि हामीमा सिर्जनाशक्ति बढ्छ भने, मलाई लाग्दछ हामीलाई जन्म दिएर उनीहरुले एक ठुलो उपकार गरेका छन् – आफ्नै लागि, हाम्रै लागि, राष्ट्रकै लागि |
नारायण गोपाल द्वारा माताको मृत्युको समाचार हिजो बिहान मात्र पाएँ | अहिले यो लेखिरहदा तिम्रो चिट्ठी पाएँ | एकफेर आउँ कि भन्ने पनि मैले नसोचेको होइन | तर फेरी तिमीलाई एक्लै रहन दिनु नै उचित ठाने |
तिमिभित्र जो अंश आमाको छ, त्यसैको माध्यमद्वारा आमाले युगानुयुगसम्म सुख र सन्तोष पाइरहनुहुनेछ | रह्यो उहाँको भौतिक शरीर, त्यो पृथ्बी आकाश, बायू, जलको अंश थियो, त्यो तिमीले फ़र्काइदीई हाल्यौ | छोराको कर्तब्य सायद यहि हो पनि र आमालाई रोगको कष्ट त भयो अन्तिम समयमा, तर पनि पति र पुत्रको समक्ष प्रण छाड्न पाउनु पनि उहाँको ठुलो सौभाग्य रहेछ | ईश्वरले गरुन उनको आत्माले शान्ती पाओस |
हामी सबैको सम्झना र यथावत प्यार छ तिमीलाई | ज्यादै दिक्क मानेर ब्याकुल भएका छौं भने केहि दिनलाई यहाँ आऊ | म कहाँ बस, दुख सुखको कुरा बाटौला | तिम्रो मन पनि काममा लाग्ने सम्भावना हुनेछ | आउने निश्चय गर्यौ भने, संकोच अलिकति पनि नमानी, हिडिहाले पनि हुन्छ |
जवाफ पाएको छैन | थाहा छैन उसको चिट्ठी आउँछ वा उ, केहि फरक पर्दैन |
मलाई थाहा छ अब आउने निकट भविष्यमा उसले गरेको रचनामा उसको प्रतिभा तिखारिएर देखिनेछ | एक नया भल आउनेछ जस्ले नदीको किनारालाई नया मोड दिनेछ |ambar-gurung
नदीमा भल आउदा उसको पानीमा मलिलो माटो पनि बगेको हुन्छ | त्यहीं माटोमा उर्बराशक्ति हुन्छ | त्यसैमा बालि फस्टाउँछ | हुन् त माटोले स्थान परिबर्तन गरेको हुन्छ र मलाई लाग्छ अम्बरको पनि अब शैलीमा परिबर्तन हुनेछ, तर पनि आत्मबेगले नदीलाई आफ्नो कर्तब्य बिर्साउने छैन |
यहि मेरो लिखित रुपको शुभेच्छा हो | तिमीलाई, अम्बर अब नि तिम्रो उर्बराशाक्तिको प्रतिक्षामा छ |
धरती र अम्बरको मिलन संगीतमय क्षितिजमा हुनेछ | तिम्रो गीत, म अम्बर हुँ तिमि धरती, लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला | अब पुरानी भैसक्यो | नया गीतको आबश्यकता छ | हामीलाई |
( शंकर लामिछानेको प्रतिक्षा सम्भबत उहिल्यै पूरा भयो | अम्बरको उर्बराशक्ति अब त अजम्बरी पनि भैसकेको छ | यसै साता फेरी एकपटक नौलाख तारा हैन जुन अम्बरका रुपमा उदाए | शंकर र अम्बरको मित्रतालाई सलाम गर्दै अम्बरको यो बिम्ब प्रतिबिम्ब साभार गरेका छौं | )
साभार प्रस्तोता :  बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका

म अम्बर हुँ तिमी धर्ती

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...