सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Wednesday, July 6, 2016

rubeda_nur-jaha-khatunराजविराज, २२ असार । विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ ।

रुबेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो ।

विसं २०७० जेठ ६ गते उनीहरुले राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । रासस

पूर्व सभासद् सदरुलको हत्यामा पत्नी र छोरीलाई जन्मकैद

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...