३ असार, काठमाडौं । मंगलग्रहमा रहेको एउटा क्रेटर (खाल्टो)को नाम लाङटाङ राखिएको छ । गत वर्षको भूकम्पमा पुरिएको नेपाली गाउँको सम्झनामा अन्तराष्ट्रिय खगोलशास्त्र संघ (आईएयू)ले मंगलग्रहमा रहेको एउटा क्रेटर (खाल्टो)को नाम लाङटाङ राखेको हो ।

उक्त केटरको १२ किलोमिटर ब्यास रहेको मोउन्टेन हाइड्रोलोजी डट अर्गले जनाएको छ ।
सामान्यतया ६० किलोमिटर भन्दा कम ब्यास भएका क्रेटरहरुलाई शहरको नाम दिइन्छ भने त्यो भन्दा ठूलालाई प्रशिद्ध बैज्ञानिक तथा लेखकहरुको नाम दिइन्छ ।
२०७३ असार ३ गते १०:५४ मा प्रकाशित अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ