सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 17, 2016

यी हुन् दुर्गा कामी । उमेर ६८ वर्ष । उनका ६ छोराछोरी र ८ नाति-नातिना छन् ।

तस्वीरमा उनलाई स्कुल युनिर्फममा देखिहाल्नुभयो । उनका विषयमा टाइम्सले तस्वीरसहितको सामग्री प्रकाशित गरेको छ । जसको सार यस्तो छः

‘दुर्गा कामी हरेक घाम नझुल्किँदै उठ्छन् र दाँत माझ्छन् । अनि युनिर्फम लगाएर स्कुल जान्छन् । उनको दैनिकी त्यस्तै छ जस्तो कला भैरव उच्च माविमा पढ्ने अरु १४-१५ वर्षका विद्यार्थीहरुको । फरक केवल उमेरमा छ ।

तर, उमेरले के फरक पर्छ ? उनी अन्य बालबालिकासँगै मिलेर पढिरहेका, खेलिरहेका देखिन्छन् । शिक्षकले उनलाई त्यस्तै व्यवहार गर्छन् जस्तो अरु विद्यार्थीलाई ।

बाल्यकालमा गरिबीका कारण पुरा गर्न नसकेको रहर अहिले पुरा गर्दैछन् कामी । उनी अहिले कक्षा १० मा पुगेका छन् । शुरु-शुरुमा विद्यालय जाँदा उनीसँग अन्य विद्यार्थीहरु हच्किन्थे । छेउ पर्न चाहँदैनथे । तर विस्तारै उनी सबैसँग घुलमिल भइसकेका छन् ।

kami-in-School

‘म स्कुल गएपछि आफ्ना सबै दुख बिर्सिन्छु,’ कामी भन्छन् ।

स्याङजा जिल्लाको एउटा ग्रामिण क्षेत्रमा उनको छाप्रो छ, जहाँ वर्षातमा पानी चुहिन्छ । घरमा उनी नितान्त एक्ला छन् । सन्तानहरु सबैले छाडेर आआफ्नो बाटो लागे । श्रीमती पनि पहिल्यै बितिन् ।

एक्लो भएपछि कामीमा पढ्ने धोको पैदा भएको हो । सुरुमा उनी एउटा प्राथमिक विद्यालयमा पढ्थे । त्यहाँ कक्षा पाँच पास गरेपछि श्री कला भैरव स्कुलका शिक्षक डि आर कोइरालाले उनलाई आफ्नो स्कुलमा बोलाएका हुन् । त्यहाँ उनलाई निशुल्क पढ्ने व्यवस्था गरिएको छ ।
kami-
‘यस्तो बयोवृद्ध व्यक्तिलाई मैले पढाएको थिइनँ,’ कोइराला भन्छन्, ‘उहाँलाई पढाउन पाउँदा असाध्यै खुशी र उत्साहित छु ।’

कक्षा १० मा २० जना बालबालिका पढ्छन् । कामीलाई कसैले हजुरबा र कसैले बा भन्छन् ।

‘पहिले पहिले हामीलाई बुढो मान्छे पढ्न आएको देख्दा अचम्म लाग्थ्यो, अहिले हामी उहाँसँग रमाउछौं,’ कामीका १४ वर्षीय साथी सागर थापाले भने, ‘उहाँ पढाईमा हामीभन्दा केही कमजोर हुनुहुन्छ तर हामी उहाँलाई सहयोग गछौर्ंं ।’

कामी आफ्नो अन्तिम अवस्थासम्म पढाई नछाड्ने बताउछन् । आफूले पढ्दा अरुलाई पनि प्रोत्साहन हुने उनको विश्वास छ ।

२०७३ असार ३ गते २०:२४ मा प्रकाशित

उमेरले के छेक्छ ? ६८ वर्षीय हजुरबा कक्षा १० मा

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...