सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 16, 2016

२ असार, चितवन । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र १० अर्ब १७ करोड ७७ लाख ३३ हजार रूपैयाँ आम्दानी भएको छ ।

जिल्लामा मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डा बिक्रीबाट  पाँच अर्ब ९१ करोड सात लाख छ हजार रूपैयाँ, चल्ला बिक्रीबाट दुई अर्ब सात करोड ६९ लाख ७० हजार रूपैयाँ तथा मल बिक्रीबाट २१ करोड ३९ लाख ७३ हजार रूपैयाँ आम्दानी भएको छ ।

नेपालमा व्यावसायिक कुखुरापालनमा कुल लगानी दुई खर्ब ७८ अर्ब ५३ करोड ८० लाख रूपैयाँ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये ठूलो हिस्सा बैंक र वित्तीय संस्थाको ऋण रहेको छ । सञ्चालनमा रहेको व्यावसायिक कुखुरापालन गर्ने कृषकमध्ये चितवनका ५० प्रतिशत फार्मले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको जनाएको तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ ।

देशका ६४ जिल्लाका २१ हजार ९५६ फार्ममा कृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जसमध्ये चितवन जिल्लामा मात्र एक हजार ९२३ फार्म सञ्चालनमा छन् । व्यावसायिक कुखुरापालनलाई प्रदेशगत रुपमा छुट्याउँदा सबैभन्दा बढी प्रदेश नं ३ मा ३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं ७ मा ५ प्रतिशत रहेको छ । चितवनमा मात्र यसको प्रतिशत नौ रहेको छ ।

तथ्याङ्कअनुसार गत एक वर्षमा ती फार्मबाट छ करोड आठ लाख २६ हजार ८८० कुखुरा पालिएको देखिएको छ । यसमध्ये ९९ लाख ८० हजार १५३ चितवनमा पालिएको छ । देशभरबाट मासुका लागि एक लाख १४ हजार ५८ मेट्रिक टन जिउँदो कुखुरा उत्पादन गरेको तथ्याङ्कले देखाएको छ । जसमध्ये एक लाख १० हजार ६९० मेट्रिक टन ब्रोइलर, तीन हजार १६७ मेट्रिक टन लेयर्स तथा प्यारेन्ट र २०१ मेट्रिक टन अन्य कुखुरा उत्पादन भएको छ ।
Poltry-Farm
चितवनमा १२ हजार ९१ मेट्रिक टन अर्थात १० दशमलव ६ प्रतिशत मासु उत्पादन गरेको अनुमान छ । प्रतिव्यक्ति ४ दशमलव एक किलो जिउँदो कुखुराको मासु पुगेको देखिन्छ । विकसित मुलुकमा प्रतिव्यक्ति १५ किलो मासु वर्षमा प्रयोग हुने गरेको बताइएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा वर्षमा एक अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने गरेको छ । जसमध्ये चितवनमा मात्र ८१ करोड १९ लाख एक हजार वटा अन्डा उत्पादन भएको छ । यो कुल उत्पादनको ६८ प्रतिशत हो । नेपालमा व्यावसायिक कुखुरापालनबाट उत्पादन भएको अन्डालाई हेर्दा प्रतिव्यक्ति प्रतिवर्ष ४४ वटा अन्डा पर्दछ ।

नेपालमा १२८ वटा ह्याचरीले ११ करोड २२ लाख ९० हजार अन्डा इन्क्युबेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको पाइएको छ । जसमध्ये चितवनमा मात्र करिब पाँच करोड चल्ला उत्पादन भएको छ । यो देशकै करिब ६० प्रतिशत हुन आउँछ । यस व्यवसायले रोजगारीमा समेत ठूलो टेवा पु¥याएको तथ्याङ्कले देखाएको छ । जसमा तलब ज्याला नलिने सञ्चालक र स्थायी कामदार ५५ हजार आठ सय ६१ छन् भने अस्थायी काम गर्ने ३८ हजार एक सय ५७ जना रहेका छन् ।

व्यावसायिक कुखुरापालनको हिसाबले चितवनले ८.७ प्रतिशत, काभ्रेपलान्चोकले ४.९, सुनसरीले ४.८, दाङले ४.५ र धादिङले ४.२ हिस्सा ओगटेको छ । तथ्याङ्क सार्वजनिक कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बुद्धिकुमार कार्की, उपसचिव केशवप्रसाद प्रसार्इं, पशु चिकित्सक डा सुकेश सिंहलगायतको उपस्थिति रहेको थियो ।

कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...