युवतीले नै खुलासा गरे -रंगीन सपना पालेर शहरमा छिरेका विद्यार्थीका लाइफ स्टाइल तिव्र रुपमा वद्लिदैछ । उनीहरुको सक्रियता अव पोर्न वेब साइटमा लगातार वढिहेको छ । यो खुलासा स्वंम गल्र्स होस्टल र फ्ल्याट लिएर वस्ने युवतीले नै गरेका हुन् । उनीहरुका अनुसार यस किसिमको हर्कत गु्रपमा ज्यादा हुने गरेको छ ।
युवाहरुकै हाराहारीमा - टिभी, इन्टरनेट, थ्रीजी सपोर्ट मोवाइल जस्ता लेटेस्ट टेक्नोलोजी युवाहरुको जीवनशैलीको हिस्सा वनिरहेको छ । उनीहरु यसविना आफ्नो जीवननै अधुरो ठान्न थालेका छन् । एक क्लिकमै सारा दुनिया पाउने चाहनाले अव युवाहरुको ध्यान पढाइमा भन्दा ग्याजेट्सतिर मोडिएको छ । पोर्न साइटमा युवतीको संख्या युवकको भन्दा उति कम छैन, करिव उस्तै हाराहारीमा उनीहरु पोर्न वेबसाइट हेर्ने गरेका छन् ।
खर्च मिलीजुली- आफ्नो शौख पुरा गर्न युवतीहरु हदैसम्म तयार छन् । उनीहरु ल्यापटपमा इन्टरनेट जोड्नका लागि आपसमा मिलेर खर्च गर्ने गरेका छन्
जस्ट लाइक सेक्स एजुकेशन- शहरीय युवती पोर्न वेब साइट हेर्नका लागि कुनै नराम्रो मान्दैनन्। उनीहरुको अनुसार यो केवल सेक्स एजुकेशन जस्तै हो । जसलाई हेर्नमा कुनै हानी छैन । विद्यार्थी कामनाका अनुसार पढाइका साथै यो सवै जीवनका महत्वपूर्ण हिस्सा हो । जसको नलेज हुनु जरुरी छ ।
