काठमाडौं, १७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको नेपाल बन्द पाँच बजेदेखि फिर्ता हुने भएको छ ।
बिहान छ बजेदेखि सुरू भएको नेपाल बन्द पाँच बजेदेखि फिर्ता लिइने नेकपा माओवादीका प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिनुभयो ।
‘नेपाल बन्द पाँज बजेदेखि फिर्ता हुनेछ’, दैनिक नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘राजधानीसहित मुलुकको विभिन्न स्थानहरूमा कोणसभा गरेर बन्द फिर्ता हुनेछ ।’ उहाँले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइ नगरिए थप कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
नेकपा माओवादी अर्का नेता माइला लामाले पनि आफूहरूको नेपाल बन्द अभुतपूर्व सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यादाव दिनुभएको छ । पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गरेर भएको नेपाल बन्दमा सबै जनसमुदायको साथ र समर्थन रहेको लामाले दाबी गर्नुभयो ।
पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर ‘विप्लव’ माओवादीले आज नेपाल बन्द आह्वान गरेको थियो ।
प्रहरीले कंलकीबाट ट्रेड युनियन महासंघका अध्यक्ष योगेद्र कुमाल, बिष्णु अधिकारी, रविन खत्री लगायत मुलुकका विभिन्न स्थानबाट थुप्रै कार्यकर्ता पक्राउ गरेको विश्वकर्माले बताउनुभयो ।
