सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 9, 2016

काठमाडौ, २७ जेठ । निजी क्षेत्रको सवै भन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालको सामाजिक क्षेत्रमा करोडौँ रुपैंया सहयोग गरेको छ ।
स्थापनाकालदेखि नै नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको एनसेलले अहिलेसम्म शैक्षिक क्षेत्रमा करिब ८ करोड रुपैयाँ सहयोग प्रदान गरिसकेको छ भने एनसेलको सहयोगमा निर्मित शैक्षिक पुर्वाधारले २५ हजार ग्रामिण बालबालिकाहरुलाई राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न सम्भव बनाएको छ ।
Ncell
एनसेलले लिटरेचर फेस्टिभल, कलाजात्रा जस्ता कार्यक्रममार्फत नेपाली साहित्य तथा कलाको प्रवद्र्धनमा योगदान पुर्याउँदै अभिव्यक्तिको स्वतन्त्रतालाई पनि प्रर्वद्धन गरेको छ । संगीत, ऐतिहासिक धरोहरको प्रवद्र्धनका कार्यक्रम लगायत एनसेलले फुटबल, क्रिकेटको प्रर्वद्धनमा पनि योगदान पुर्याएको छ ।
यसैगरी, सहज र सरलरुपमा देशभित्रै उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त गर्न योगदान गर्ने हेतुले एनसेलले त्रिभुवन विश्वविद्यालय टिचिङ्ग अस्पतालमा एकिकृत डायालाईसिस तथा मृगौला केन्द्र स्थापना गर्न तथा मनमोहन कार्डियोभास्कुलर थोरासिक केन्द्र, महाराजगञ्जमा विश्वस्तरिय आईसियु बनाउन सहयोग गरेको एनसेलले जनाएको छ । यी सहयोगले ती अस्पतालको मृगौला तथा मुटु सम्बन्धि सेवा प्रदान गर्ने क्षमतामा उल्लेख्य वृद्धि भई गरिब तथा विपन्न समूहलाई समेत निःशुल्क सेवा प्राप्त गर्न योगदान गर्ने विश्वास एनसेलको छ ।
Ncell-Logoयस्तै, युवाहरुमा रहेको डिजिटल सम्भावनालाई उजागर गर्दै नेपाललाई विश्वको डिजिटल मानचित्रमा पनि उपस्थित गराउने उद्देश्यले एनसेलले सृजनशिल युवाहरुका लागि एनसेल एप क्याप बार्षिकरुपमा संचालन गरिरहेको छ । यस कार्यक्रमको फलस्वरुप आजसम्म ७ वटा डिजिटल स्टार्ट अप शुरु भई नेपाली जनतालाई विभिन्न एप मार्फत सेवा प्रदान गरि ग्राहकलाई सेवा प्रदान गरिरहेको बताइएको छ ।
एनसेलले आफ्ना ग्राहकलाई शुन्य दरमा विकिपिडिया तथा ट्विटर सेवा प्रदान गरिरहेको छ, जसले उनीहरुलाई आफ्नो क्षमता तथा ज्ञान अभिवृद्धि गर्न तथा अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न सघाई रहेको छ । ‘यससँगै एनसेलले काठमाडौं तथा सगरमाथा आधार शिविरमा आफ्नो नेटवर्क आधुनिकिकरण गरेको छ, यसले ग्राहकलाई अझ राम्रो भ्वाई क्वालिटी तथा २१ एमबि प्रति सेकेन्डसम्मको डेटा स्पिड सुनिश्चित गरेको छ ।’– एनसेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
प्राकृतिक विपत्तिको बेलामा एनसेलले सँधै नै मानविय सहयोग तथा राहतका लागि उदार हृदयले अगाडि आउने गरेको छ । प्राकृतिक प्रकोपका दौरान ग्राहकलाई राहतका लागि नेटवर्क सुनिश्चित गर्नुका साथै मानविय राहतलाई अझ प्रभावकारी बनाउन नागरिकको मुभमेन्ट सम्बन्धि डेटा समेत सरकार तथा मानवीय संघ संस्थालाई प्रदान गर्दे आएको छ ।
ncell-1
२०१४ मा जब बाढी तथा पहिरोले मुलुक आक्रान्तभएकावेला एनसेलले तत्कालको राहतका लागि सरकारलाई २० करोड १० लाख रुपैयाँ प्रदान गरेको थियो । २०१५ को महाभुकम्पको दौरान पनि एनसेलले आफ्ना ग्राहकलाई निःशुल्क व्यालेन्स प्रदान गरि आकस्मिक संचार तथा आफन्तजनसँग सम्पर्कमा रहन सघाएको थियो । तत्काल राहतका लागि एनसेलको माउ कम्पनी टेलियासोनेराले १० लाख अमेरिकी डलर प्रदान गरेको र दिर्घकालिन पुनर्निमाणका लागि एनसेलले एक अर्ब रुपैयाँ सहयोग घोषणा गरेको छ ।
तर, यसको प्रभाव नेपालको आफ्नै मौलिक पर्यटन क्षेत्रमा अझ बढी रहन गएको अवस्थामा एनसेलले पर्यटन उद्योगको पुनउद्धारका लागि फेसबुकमा भिडियो फर नेपाल अभियान चलाएर सबैको योगदानमा एक उत्कृष्ट भिडियो बनाई सामाजिक संजाल मार्फत यसको प्रर्वद्धन गरेको छ । नेपाल पर्यटन बोर्ड पनि यो भिडियोलाई बेलायत लगायतका मुलुकमा भएका पर्यटन मेलामा प्रदर्शन गरी पर्यटकलाई नेपाल आउन आकर्षित गरिरहेको छ । यसरी ग्राहकका व्यक्तिगत जीवन तथा समाजका महत्वपूर्ण क्षेत्रमा एनसेलले प्रत्यक्ष योगदान गरिरहेको छ ।
कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा एनसेलको उच्चतम सहभागिता रहने गरेको छ । निजी क्षेत्रको सबै भन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको नीति अनुसार यसरी नियमति र निरन्तर रुपमा यस किसिमको समाजिक उत्तरदायित्व अभिायन अन्तर्गत सहभागिता जनाउँदै आएको हो ।
3g-mobile-internet-at-mount-everest-nepal
शिक्षा सबैको आधारभूत मानव अधिकार भएकोले एक असल कर्पोरेट नागरिकका रुपमा एनसेलले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै २०१० देखि नै विभिन्न व्यावसायिक सामाजिक जिम्मेवारीका कार्यक्रमहरु संचालन गरिरहेको छ । यस अन्तर्गत एनसेलले ६७ वटा ग्रामिण सामुदायिक विद्यालयहरुलाई विद्यालय भवन, खानेपानी, शौचालय निर्माण, शैक्षिक तथा खेलकुदका सामग्री लगायत डिजिटल लाईब्रेरी जस्ता अत्यावश्यक शैक्षिक पुर्वाभारहरु निर्माण गर्न सघाएको छ ।
कम्पनीले कर्णाली लगायतका दुर्गम तथा ग्रामिण जिल्लामा छात्राहरुलाई छात्रवृत्ति तथा देशमा प्राविधिक कौशल तथा मानव संसाधन विकासमा योगदान पुर्याउने हेतुले ईञ्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकमा पनि उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।
Ncell-

सामाजिक क्षेत्रमा एनसेलको करोडौँ लगानी, यस्ता छन् एनसेलका सहयोग -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...