सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Tuesday, June 14, 2016

काठमाण्डु, ३२ जेठ– पछिल्लो समय नेपाल–चीन सम्बन्धले नयाँ रुप लिएसँगै नेपालको विकासमा चीनले सहयोग गर्न थालेको छ । चीनले नेपालमा रेलवे, पेट्रोलियम, औधोगिक विकास लगायतकाको सम्भाव्यता अध्ययन, अनुसन्धान तथा खोज गरिरहेको छ ।

काठमाण्डु–पोखरा–लुम्बिनी रेलमार्ग
त्यसैक्रममा अहिले चीन सरकारले काठमाण्डु–पोखरा–लुम्बिनी रेलमार्गलाई आफ्नो प्राथमिकतामा राखेर काम गरिरहेको छ । करिब तीन महिनाको अध्ययनपछि सो रुटमा रेलवे संचालनको सम्भावना अध्ययन मस्यौदासमेत चिनियाँ टोलीले सरकारलाई बुझाइसकेको छ । काठमाण्डु–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन सकेको हो ।

चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले काठमाण्डुको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन गरको हो ।

पहिलो चरण सकेपछि ‘दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका कम्पनीले इच्छा देखाएपछि सो रुटको अध्ययनसमेत भएको हो । यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले सरकारले त्यसतर्फ चासोि दिएको हो ।

अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गरेको थियो।

हाल काठमाण्डु–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने छ ।

तिब्बत–काठमाण्डु जोड्ने रेलवे
त्यसैगरी, चीनको प्रसिद्ध रेलवे निर्माण कम्पनीले तिब्बत–काठमाण्डु जोड्ने रेलवे निर्माणको काम गर्न आफू इच्छुक रहेको नेपाल सरकारलाई अवगत गराएको छ ।

चाइना रेलवे कन्ट्रक्सन कर्पोरेसन ९सीआरसीसी० ले रेलमार्गको सम्भाव्यता अध्ययनमा आफ्नो चासो रहेको भन्दै सो जानकारी दिएको हो ।
सीआरसीसीका अधिकारीहरुले केही साताअघिमात्र रसुवागढी–काठमाण्डु जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल सरकार रेल विभागका प्रमुखसँग प्रस्ताव राखेपछि उनले ९रेल विभाग प्रमुख० नेपाल सरकारलाई निवेदन हाल्न सुझाव दिएको बताइएको छ ।

नेपाल सरकार अन्तर्गत रहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यसँग उनीहरुले सो रेलमार्ग निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको चासो राखेको र आचार्यले नेपाल सरकारलाई निवेदन दिएर काम अघि बढाउन सकिने सुझाव दिएका थिए ।

तिब्बतको सिगात्सेसम्म यसअघिनै चिनियाँ रेल आइसकेको छ । नेपाल–तिब्बतको सीमा रसुवागढी ९केरुङ बन्दगाहसम्म० सन् २०२० सम्म रेलमार्ग निर्माण गर्ने उद्धेश्यका साथ चीन सरकार अघि बढेपनि नेपाल सरकारले भने अझै चासो नदिएको जानकारहरु बताउँछन् ।

यद्यपि, चीनको सिगात्सेबाट सीमावर्ती केरुङ आइपुग्ने रेलमार्गसँग जोड्न सजिलो हुने भनिएको रसुवागढी–काठमाण्डु रेलमार्गलाई नेपाल सरकारले पनि प्राथमितकता भने राखेको छ ।

करिब १३० किमी लामो हुने अनुमान गरिएको सो रेलवे मार्गको कुरा नेपाल सरकारको भने कागजमा मात्रै सिमित रहेको र अब गर्ने काम शुन्यबाटै सुरु गरिन थालिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपाल सरकारको चासो
नेपाल सरकारले ९४५ किमि पूर्व–पश्चिम रेलमार्ग, ५१९ किमि रसुवागढी–काठमाण्डु–पोखरा–लुम्बिनी रेलमार्ग र भारतीय सीमावर्ती शहरको रेल संजालसँग पूर्व–पश्चिम रेलमार्गलाई प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०७२र७३ को आर्थिक सर्वेक्षणमा जनाइए अनुसार मेची–महाकाली रेलमार्गको समभाव्यता अध्ययन सम्पन्न भइसकेको छ र सोही आधारमा १०८ किमि लामो सिमरा–बर्दीवास, १२७ किमि लामो सिमरा–ताम्सरिया, ६५ किमि लामो ताम्सरिया–बुटवल र ४४ किमि लामो बुटवल–लुम्बिनी लिङ्क गरी जम्मा ३४४ किमि लामो रेलवे योजनाको विस्तृत प्रतिवेदन तयार भएको छ ।
१०८ किमि लामो सिमरा–बर्दीवास खण्डको ३० किमि लम्बाईमा ट्रयाकवेड तथा पुल पुलेसा निर्माणका लागि ठेक्कापट्टा व्यवस्थापन भइ काम समेत सुरु भइसकेको जनाइएको छ ।
 rail train
त्यसैगरी भारत सरकारको सहयोगमा प्रथम चरणमा १८ किमि लामो बथनाहा–कटहरी तथा ६९ किमि लामो जयनगर–जनकपुर–बिजुलीपुर–बर्दिवास निर्माणधिन रेलमार्गको ५० प्रतिशत काम सकिएको सर्वेक्षमा उल्लेख छ ।
काठमाण्डुमा पनि रेल
सरकारले काठमाण्डु उपत्यकामा मेट्रो रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३र०७४ को अनुमानित आय तथा ब्ययको विवरण उक्त घोषणा गरेका गरिउको हो । मेट्रो रेल सञ्चालनका लागि आवश्यक विस्तृत योजना प्रतिवेदन तयार पार्न सोको व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

चीनले यसरी साकार पार्दैछ नेपालीको आफ्नै देशमा रेल चढ्ने सपना (पूर्णविवरणसहित) -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...