सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Friday, June 10, 2016

KP-Madhav-Jhalnath

संविधानसभाको घोषणापछि तरंगित नेपालको राजनीति हिजो आज सरकारको परिवर्तनलाई लिएर चर्को बहस भइरहेको छ । विपक्षी नेपाली काँग्रेसले विपक्षी पार्टीको धर्म नै सरकारको आलोचना र विस्थापित नै हो भनेर नारा र एजेण्डाविहीन आफनो कर्तुत पेश गरेको छ । विगतदेखि नै भारतको आर्शिवादमा रहेर सरकार संचालन गरिरहेको नेपालका राजनैतिक दल र नेताहरु केपी ओली सरकारको काम कर्तव्य र दूरदृष्टिको कारण संकटमा परिरहेको छ भन्ने कुराको भेउ सर्वसाधारण जनताले समेत पाएका छन् । यही परिवेशमा केहि दिन पहिला भएको सरकार परिवर्तनको भद्र सहमतिको रटानले मुलुक गर्मिरहेको छ । हिजो संविधानसभाको घोषणा पूर्व भएको नेकपा एमालेको नेतृत्वमा नेपाली काँग्रेस, एमाओवादी लगायतको दलको सहमतिमा सरकार वनाउने भद्र सहमति भएको बताइएको थियो । तर, नेपाली काँग्रेसले तोड्यो । अहिले फेरि एमाओवादीसँग नौ वुँदे भद्र सहमति भन्दै माओवादी मात्र नभइ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नै प्रश्न उठाइरहेका छन् ।
Prime Minister of Nepal addressed the nation
प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिन २ वर्ष भित्र तुईन विस्तापित गर्ने संकल्प बोकेका प्रधानमन्त्री ओलीको योजना कार्यान्वयनको चरणमा छ । धेरै ठाँउमा तुईन विस्तापित भइसकेको छ, अझै त्यो क्रम जारी छ । नेपाली राजनीतिमा स्पष्ट नेताको पगरी गुथेका ओली प्रधानमन्त्री भइसकेपछि आफनो जिम्मेवारी र कर्तव्य वहन गर्न ढृढ देखिन्छन् । पार्टी अध्यक्ष हुने बेलामा आफनै समकक्षीबाट विरामीको संज्ञा पाएका ओली प्रधानमन्त्री बनिसकेपछि झन् चुस्त, फुर्तिलो र कर्मठ देखिन्छन् । देशको जिम्मेवारी र कर्तव्यको त्यो पहाडलाई सामना गर्न उनको ढृढ ईच्छाशक्ति उपचार बनेको छ । प्रधानमन्त्री बनेदेखि नै घेराबन्दीमा रहेका प्रधानमन्त्री ओलीलाई जनता, भारत, चीन लगायत अन्तर्राष्ट्रिय जगतले पनि नियालिरहेको छ । ओलीको अडान, देशप्रतिको माया, राष्ट्रियता, भारतीय विस्तारवादको विरुद्ध लड्ने शैलीलाई आम नेपाली जनताले मन पराएका छन् । सधै भारतनिर्भर बनेर सरकार चलाएको सन्दर्भमा भारतलाई नै चुनौती दिएर राष्ट्रलाई स्वतन्त्र, सार्वभौमसत्ता, र भौगोलिक अखण्डतामा बाँध्न सक्नुे ओलीको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसले गर्दा आम नेपाली जनताको शिर गर्विलो वनेको छ ।
केपी ओली नेतृत्वको सरकार पनि ढल्यो भने आश्यर्च नमाने हुन्छ, त्यो अरुका कारण होइन्, एमालेकै कारण ढल्नेछ । वा एमालेभित्रका केही बाँदेर प्रवृत्तिका नेताका कारण ढल्नेछ ।
प्रधानमन्त्रीको अडान, दूरदुष्टि र गरे जे पनि सम्भव छ भन्ने भावनालाई साँच्चै आमजनताले आत्मासात गरेको देखिन्छ । मंगल ग्रहमा बस्ती बस्न सम्भव भएको समयमा देशमा केही काम गरौँ भन्ने भावनाको विकास गर्नुलाई हल्का अभिव्यक्ति भएको भन्नु आफनो कमजोरीबाहेक केहि हुन सक्दैन । आफू सरकारमा हुँदा देश र जनताको लागि केही पनि नगर्नु, अनि सत्ता वाहिर रहँदा राष्ट्रियताको चर्को वकालत गर्नु र केवल विरोधका लागि विरोध गर्नु भनेको हतास मनस्थितिको उपज शिवाय केही होइन् । प्रष्ट भाषामा आफू प्रधानमन्त्री हुनैका लागि नजन्मेको र प्रधानमन्त्री हुँदै मर्नका लागि नभएको चोटिलो जवाफ दिएका प्रधानमन्त्री ओली देशका निकासका लागि सत्ता तत्काल छाड्न तयार भएको अभिव्यक्ति दिएर आफु पदलोलुपता नभएको प्रमाणित गरिगरेका छन् । प्रधानमन्त्री भएदेखि नै लोकप्रिय भएका ओली हालै ल्याएको वजेटले झन् जनताको लोकप्रिय वनेका छन् । यो समयमा सम्पूर्ण जनताको माझमा ओली बस्न सफल भएका छन् । देशलाई नै निकास दिने, विकास गर्ने, राष्ट्रियताको रक्षा गर्ने, आफनो गाउँ आफै बनाउने सन्देश दिने ओली आफनो स्पष्ट दृष्टिकोण र त्यसको सफल कार्यन्वयनको कारण नै लोकप्रिय बनेको कुरामा दुईमत पाउन सकिदैन । वृद्धवृद्धालाई गरेको सम्मान, देशमा औद्योगिक करिडोर, इन्धनको उत्खनन्, सौर्य उर्जामा जोड, विद्युतको आपुर्ति, आफनै पानी जहाज, देशमा नै रोजगारीको सिर्जना, द्रूत गतिको रेलमार्ग, पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्ग जस्ता महत्वकांक्षी योजना अघि सारेका ओली त्यसलाई कार्यन्वयन गर्न भरमग्दुर प्रयासरत देखिन्छन् । तर, ओलीको योजनालाई हावादावी भन्नुबाहेक काँग्रेससँग अन्य कुनै शब्द नै छैन् । ओली कसरी हावादारी भए त ? काँग्रेसले प्रष्ट गरिदिए हुन्छ नि !
Rajkumar-Shrestha-BB
लेखक : राजकुमार श्रेष्ठ ‘बीबी’
नेपालको राजनैतिक दलहरु मिलेर घोषणा गरिएको संविधानसँगै भारत चिढिएको कुरामा कुनै शंका छैन । भारतले चर्को नाकावन्दी लगाइरहँदा पनि तत्कालिन समयमा कोइराला सरकारले भारतीय नाकाबन्दी भन्न नसकेको सन्दर्भमा, ओलीले चर्को अभिव्यक्तिले भारत झन् रुष्ट भएको थियो । तत्कालिन कोइराला सरकारका मन्त्रीहरु चरम भारतीय नाकाबन्दीले नेपाली जनताहरु आहत भइरहँदा, तत्कालिन मन्त्रीहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजालहरुले के जबाफ दिन्थे ? जनताले अहिले पनि सम्झिरहेका छन् । नाकावन्दी नभई आफनै देशका कारणले भएको हो, भारतवाट त सहयोग भइरहेको छ भनेर निर्लज्जता प्रकट गरिरहने विमलेन्द्र र मिनेन्द्रहरु नै होइनन् ?
भारतको आर्शिवादमा नै प्रधानमन्त्री र मन्त्री बनिरहेकाहरुलाई केपी ओलीको गतिविधि अपच लाग्नु स्वभाविकै हो । तर, सत्य के हो भने केपी ओलीकै अडानका कारण भारत झुकेर नाकावन्दी खोल्न समेत तयार भयो । त्यो ओलीको जित होइन्, नेपालको जित हो । जबसम्म भारतीय नाकाबन्दी खुल्दैन, तबसम्म भारत जाँदिन भनेर अडान लिएका केपी ओलीे नाकाबन्दी खुलेपछि मात्र भारतको भ्रमण गरे, त्यो ओलीको मात्र नभइ सम्पूर्ण नेपालीको जित हो । त्यसमाथि पनि भारतको भ्रमणमा रहेर पनि भारतको भने अनुसारको शर्त, सम्झौतामा हस्ताक्षर नगरी स्वदेश फर्कनु भनेको भारतलाई अर्को ठूलो झट्का हो । आफनो देशलाई वन्धक राखेर गरिने सम्झौता राष्ट्रघात हो भन्ने बुझेका ओलीले भारतसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगरेर भारतलाई अर्को चुनौती दिए । जुन देश र जनताका लागि गर्वको विषय हो । भारत भ्रमण लगतै चीनको भ्रमण गरेर देशका लागि इन्धन उत्खनन्, रेलमार्ग, पारवहन सम्झौता, पे्रट्रोलियम पदार्थको भण्डारण, लगायतका क्षेत्रमा मित्रराष्ट्र चीनसँग सम्झौता गरेर ओलीले भारतसँग सँधै परनिर्भर रहनुपर्ने बाध्यताको अन्त्य गरेका छन् । के यो गौरवको विषय होइन् ।
सम्पूर्ण नेपालीहरुले आफ्नो देशलाई सपनाको देश कल्पना गरिरहेका बेला आफनै पार्टी नेकपा एमालेका वरिष्ठ नेताहरुले नै ओली सरकारको विरुद्धमा भ्रम सिर्जना गर्नु भनेको आफनो भविष्व सिध्याउनु हो । संचारको यो युगमा अब नेपाली जनता कसैको पनि डर, धाकधम्की र खोक्रो आश्वासनमा चल्दैनन् । आफू सत्ता र सरकारमा रहँदा केही पनि नगर्ने, अर्काले गरेको देख्न नसक्ने आरिशे प्रवृत्तिले आफनो करिअर नै धुमिल वनाउँछ भन्ने हेक्का एमालेमा गुट चलाउनेहरु जान्न जरुरत छ । नेपाल जनता हिजोको जस्तो कसैको कुरामा भर पर्ने नभई आफनो विश्लेषण आफै गर्न सक्ने भइसकेका छन् । देश र जनताको लागि काम गर्नु पनि बेलामा आफनै सरकारको विरुद्धमा खनिँदा वरिष्ठ भनिने नेताहरुको हैसियत प्रष्ट भएको छ। अझ शीर्ष नेताहरुलाई जुधाएर आफ्नो फाइदा लिन मस्त कथित युवा नेताहरुले बुझ्न जरुरी छ– अब एमाले २०५४ सालको जस्तो छैन् । पार्टीलाई यो या त्यो नाममा कमजोर बनाउन कार्यकर्ताले नै किमार्थ दिँदैनन् । विगतमा झलनाथ खनाल र माधवकुमार नेपालको सरकार आफै भित्रको समस्याका कारण ढलेको थियो, केपी ओली नेतृत्वको सरकार पनि ढल्यो भने आश्यर्च नमाने हुन्छ, त्यो अरुका कारण होइन्, एमालेकै कारण ढल्नेछ । वा एमालेभित्रका केही बाँदेर प्रवृत्तिका नेताका कारण ढल्नेछ ।KP-Madhav-Jhalnath
गुट वा फुटमा होइन, काँग्रेसको वहकाउमा परेर ओली सरकार ढाल्ने अवस्थामा पुगेको एमाओवादीलाई यही सरकारमा सामेल गराउन एमालेकै नेताहरु लाग्न जरुरी छ । विगतको कमी कमजोरीलाई सुधारेर जनताको काम गर्ने प्रचण्डका लागि पनि यो सुनौलो अवसर हो । देश र जनता नै हाँसेका सन्दर्भमा सरकार ढालेर केही दिन र महिनाका लागि प्रधानमन्त्री बन्नु भनेको आफनो खुट्टामा आफै बन्चरो हान्नु हो । एमाओवादीले यो पनि बुझनु पर्दछ कि समयले सँधै सबैलाई साथ दिनेछैन । विगतमा भएको कमी कमजोरीलाई सच्चाएर जनहितमा काम गर्नु नै अहिले देश र जनताका मात्र नभै स्वयम् एमाओवादीका लागि पनि अवसर हो । काँग्रेसको साथ लिएर प्रधानमन्त्री बन्दैमा देश र जनताका लागि काम गर्न सकिदैन भन्ने कुरा सोच्न अब माओवादीले पनि ढिला गर्नु हुदैन । त्यो बुझाउन एमालेकै शीर्ष नेताहरुले भूमिका खुल्न जरुरी छ । त्यसका लागि कालिदास प्रवृत्ति त्याग्न जरुरी छ । पार्टी रहेमात्र हामी र हाम्रा गुट रहन्छन् भन्ने हेक्का एमालेका नेताहरुले बुझुन् । केपी ओलीको खुट्टामा बन्चरो ताक्दा आफैलाई लाग्ला, हेक्का रहोस् ।
लेखक प्रेस चौतारी तनहुँका उपाध्यक्ष हुन् ।

केपी ओलीको खुट्टामा बन्चरो ताक्दा आफैलाई लाग्ला !

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...