मनाङ, मुस्ताङमा मान्छे मरेपछि जलाउने वा गाड्ने प्रचलन भन्दा पनि काटेर गिद्दलाई दिने
परम्परा अहिले पनि जारी छ । त्यहाँको परम्परा अनुसार यो चलन सदियौँ देखि चल्दै आएको
एक निरन्तरता हो । मरेपछि टुक्रा टुक्रा पार्दै गिद्धलाई मासु खान दिनु यहाँका मान्छेका लागि
समान्य कुरा हो । साथै हिमाल आरोरण गर्न आउने पर्यटकहरु केही गरी मृत्यु भएमा र त्यसको
वेवास्ता गरि शव यत्रतत्र भेटिएमा पनि यसरी नै गिद्धलाई दिने गरिन्छ ।
