बाँकेमा तराई टुक्राउने अभियानलाई सघाई रहेका उनका कार्यकर्ताको मुद्दामा सीके राउतसँग विशेष अदालतले २५ हजार धरौटी लिएको हो ।
सीके राउतसँग विशेष अदालतले अर्को मुद्दामा अलग २० हजार धरौटी लिएको छ । सीके राउतविरुद्ध राज्यविप्लवविरुद्धको एक दर्जन मुद्दा चलिरहेका छन् ।
विशेष अदालतमा बुधबार चलेको बहस पछि ४५ हजार धरौटीमा रिहाइ गरिएको गठबन्धनका सह–संयोजक कैलाश महतोले जानकारी दिए ।
बधबार विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, भुपेन्द्र राई र प्रभा बस्नेतको संयुक्त इजलासले सीके राउतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यसैबीच, दुई दिनदेखि राजधानीमा रहेका सीके राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य रुपमा भेटवार्ता गर्दै आएका छन् । ललितपुरतिर समर्थकको निवासमा बस्दै आएका सीके राउतलाई बाबुराम भट्टराईको नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।
स्मरण रहोस् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई तत्कालीन संवैधानिक समितिका सभापति थिए । बाबुरामले नै संवैधानिक समितिमा सीके राउतलाई बोलाएर नेपालबाट तराई टुक्रन पाउनु पर्छ भनेर जनमत संग्रहको व्यवस्था राख्ने अभिव्यक्ति रेकर्ड गराइ दिएका थिए ।
अहिले पनि बाबुरामले आफ्ना विश्वासपात्र व्यक्तिहरूलाई पठाएर सीके राउतसँग कुरा गराइरहेको स्रोतको भनाइ छ । सीके राउतलाई स्थापित गर्नुमा बाबुरामको पनि ठूलो योगदान छ ।
जेठ ३० गते दशरथ रङ्गशालामा नयाँ शक्ति पार्टी घोषणाको तयारी गरिरहेका बाबुरामले देश टुक्राउने अभियानमा लागेका सीके राउतसँग आफ्ना विश्वासपात्र मार्फत किन कुराकानी गरिरहेका छन् थाहा हुन सकेको छैन्
