काठमाडौँ, २८ जेठ । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्बन्ध अरु देशसँग दाज्नै नमिल्ने बताएका छन् ।
दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै थापाले नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न नमिल्ने बताए ।
चीनतर्फ संकेत गर्दै उनले भने- ‘नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न सकिँदैन र यसलाई आफ्नै विशेषताका आधारमा हेरिनुपर्छ ।’
नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधानमार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गरेको उनले बताए ।
मन्त्री थापाले शुक्रबार साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका थिए ।



