सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...
Online News & Entertainment | Nepali Online Portal : Nepal News, News from Nepal, World News, Political, Science, Social, Sport, Economy, Business, Credit, Vehicle, Bank, Entertainment, Nepali Movie, Songs,Nepali Model, Actor, Actress, Audio, Video, Interview, Nepali Filmy News, Poems, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Technology, World Affairs, Science, Culture, Entertainment, Literature, Diaspora, Astrology, Gadgets, Automobile, Articles, Career, Videos, Jokes Bizarre world, Life Style, Sports, Development, Video,Features, Business and reviews No part of the news, articles or programs appearing in this site may be reproduced without the prior permission. Our Official Website >> More Nepali content Visit our Official Web site

Thursday, June 9, 2016

शनिबारको दिन । अरू दिनभन्दा भीडभाड धेरै । कोही बसको प्रतीक्षामा थिए त कोही हतार–हतार पैदलयात्रामा थिए । रत्नपार्कको चहलपहल उस्तै थियो । रिमरिम उज्यालो बाँकी थियो, म रत्नपार्कमा रहेको प्रतीक्षालयमा माइक्रोबस पर्खिरहेको थिएँ । त्यस्तै ३५÷४० बर्षकी अधबैंसे महिला म उभिएको छेवैमा उभिइन् । र, केहीछिनपछि सोधिन्, ‘ए दाइ, रात परेन ? घर जाने होईन ?’ ‘जाने हो तर माइक्रो आएको छैन’, मैले भनेँ । केही समय केही बोलचाल भएन ।

फेरि उनले मतिर हेरेर मुस्कुराउँदै भनिन्, ‘दाइ तपाई त कति हेन्सी हुनुहुँदोरहेछ ।’ म केही समय अलमलमा परेँ र केही समयपछि सोधें, ‘म त्यस्तो हेन्सी छु र ?’ मैले थाहा पाइसकेको थिएँ, तिनी नगरबधू थिइन् । मेरो मनमा फ्याट्ट आइहाल्यो– यिनी रिपोर्टिङको लागि एउटा राम्रो पात्र हुन सक्छिन् । केही समयमै उनले फ्याट्टै भनिन्, ‘ए दाइ जाउँ न त मसँग ।’ मैले केही नबुझेजसरी सोधें, ‘कहाँ जाने ?’ ‘के थाहा नपाको जस्तो गरेको दाइ । मोज गर्न जाने होइन ?’ उनले उसैगरी भनिन् । मैले सोधें, ‘जाने र ? कहाँ जाने त ?’ ‘त्यसको के चिन्ता ? पहिला पैसाको कुरा मिलाउँ न ।’ ‘के कसरी हो ? कति लाग्छ ?’ मैले सोधें । जवाफ आइहाल्यो, ‘होल नाइट कि एकछिन ? होल नाइट भए ३ हजार हाम्रो रेट नै हो, जाने हो भने मिलाएर जाउँ न ।’ मलाई केही डर पनि लाग्यो । केही समय बोलिनँ । उनले भनिन्, ‘किन नबोलेको ? मिलाएर दिनु न त ।’

उनीसँग कुराकानी गर्न थालेको झण्डै आधा घन्टा भएको थियो । मैले उनलाई रकममा केही किचकिच गरिरहेको थिएँ । लामो समयसम्म कुरा नमिलेको देखेपछि उनी अलि आक्रोशमा आइन् । उनको मुखबाट केही छाडा शब्द निस्किए । केही पर नाङ्गले पसलमा गएर चुरोट सल्काएर आइन् । त्यसपछि हल्का रिस र घुर्की देखाउँदै भनिन्, ‘मिलाएर जाउँ न के जोखना हेरेको ?’ बेलुकाको आठ बजिसकेको थियो । चहलपहल बिस्तारै घट्दै थियो । प्रहरीहरूले समेत निगरानी बढाई सकेका थिए । उनले रिसाउँदै भनिन्, ‘ल, २५ सय देऊ, रातभरी मोज गर । जाउँ ।’ मैले सोधें, ‘सुरक्षित हुन्छ त रात बिताउने ठाउँ ?’ प्रश्न भुईंमा खस्न नपाई उनले भनिहालिन्, ‘त्यस्ताले भेट्ने ठाउँमा बस्दिनँ । ढुक्क भए हुन्छ । धेरै ढीलो नगरौँ, गइहालौँ । मलाई बैना दिनुस् ।’ मैले ५ सय रुपैयाँ पेश्की दिएँ । हामी रत्नपार्कबाट बागबजारतर्फ लाग्यौं ।

बाटोमा केही कुराकानी गर्न खोज्दा उनी रिसाएजस्तो गरिन् । रत्नपार्कबाट बागबजारमा रहेको पट्रोल पम्पसँगै रहेको बसपार्कबाट भित्र लाग्यौं । त्यहाँको पसलमा उनले २ वटा रेडबुल र बियर किनिन् र नजिकैको गेष्टहाउसतिर लागिन् । म पनि उनको पछि पछि लागेँ । त्यहाँ उनी नियमित जाने रहिहिछन् । कोठाको लागि केही भन्नै परेन । काउन्टरमा उनलाई सोधियो, ‘होल नाइट कि एकछिन ?’ ‘आज होलनाइटकै ग्राहक छ ।’ उनले मुस्कुराउँदै भनिन् । हामी गेस्टहाउसको ४०६ नम्बरको कोठामा पुग्यौं । रातको ९ बज्न लागिसकेको थियो । उनले ढोका बन्द गरिन् र बाँकी २ हजार मागिन् । सँगै उनले भनिन्, ‘केही रमाईलो गरौं । आउ बियर खाऔं ।’ तर मैले खान मानिनँ । उनी रिसाइन् र रेडबुल दिइन् । उनलाई बिस्तारै बियरको मात लाग्न थालिसकेको थियो । मलाई भने उनीबाट केही कथा फुत्काउनु थियो ।

त्यसैले असली परिचलय लिने कोसिश गरिरहेको थिएँ । तर उनले सहि परिचय दिन इन्कार गरिन् । भन्न थालिन्, ‘के काम गर्न आएको छिटो गराँै । नत्र म धेरै थाकेको छु । सुत्छु ।’ त्यति भनेर उनले मेरो हातमा कण्डम थमाइन् र रिसाउँदै चुरोट सल्काइन् । मैले भनें, ‘कुरा गरौं न पहिले ।’ उनी रिसाउन थालिन्, ‘मैले १० बर्ष भयो यस्तो काम गरेको, तिमीजस्तो मान्छे भेटेको पहिलोपटक हो ।’त्यसो भन्दै गर्दा उनको फोन बजिरहेको थियो । निकैपटक त उठाइनन् । पछि उठाएर भनिन्, ‘आज म बिजी छु । भोलि गर्नू ।’ म भने उनको असली परिचय खोतल्नतिरै लागेँ । धेरै प्रयासपछि उनले आफ्नोबारे केही बताइन् । उनको नाम संगिता चौधरी (नाम परिवर्तन) रहेछ । उमेर ३९ बर्ष । घर सिराहा । १९ बर्षको उमेरमा बिहे गरेकी रहिछन् । बिहे गरेको २ बर्षपछि भारत गएका श्रीमान नफर्केपछि उनी काठमाडौं आएकी रहिछिन् । काम खोज्ने क्रममा उनी यौन व्यवसाय गर्नेहरूको सम्पर्कमा पुगिछन् । ‘पहिले त अफ्ठ्यारो लाग्यो, पछि त नसाजस्तै भयो ।’ उनले आफ्नो अनुभव बताइन् । अहिले उनी दैनिक सरदर ५ हजार कमाउँछिन् ।

आज रत्नपार्कमा भेटिएकी एक युवतीले भनिन ! दैनिक सरदर १० हजार कमाउँछु

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स मा ३ ताल क्लिक गर्नुहोश

Loading...