एच.आई.भी. क्षेत्रमा काम गरिरहेको संस्था हाम्रो जीवन प्लसले आज सदरमुकाम तम्घासमा सार्वजानिक गरेको प्रतिवेदनमा जिल्लामा १ सय ९५ जना संक्रमित रहेका छन् ।
संक्रमितमध्ये पुरुष ८५ जना र महिला १ सय १० जना रहेको प्रतिवेदमा उल्लेख छ । संस्थाकी अध्यक्ष सावित्रा ज्ञवालीले दिएको जानकारी अनुसार तीमध्ये १ सय ३९ जनाले ए.आर.टी. लिई रहेका छन् । गुल्मीमा हालसम्म २० जनाको मृत्यु भई सकेको छ । देशभरमा भने संक्रमितको संख्या २६ हजार ७ सय २ पुगेको तथ्याङ्गमा उल्लेख छ
